पुनःस्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको छ : मन्त्री पौडेल

लोकपथ
105
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक सुविधा सम्पन्न राष्ट्रिय न्युरोसाइन्सेस सेन्टर स्थापना गर्ने योजना रहेको बताएका छन् ।  राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

उनले आर्थिक वर्ष २०८२-०८३ को स्वीकृत नीति कार्यक्रममा क्रममा एक सुविधा सम्पन्न राष्ट्रिय न्युरोसाइन्सेस सेन्टर स्थापना गर्ने योजना ल्याइएको स्पष्ट पारे । त्यसभित्र विशेष पुनःस्थापना इकाइ बनाइ सो सेवाहरू उपलब्ध गराउने विषय समेत उल्लेख गरे ।

सरकारले तयार पारिरहेको राष्ट्रिय पुनःस्थापना रणनीतिको मस्यौदामा संघीय तहमा नमुनाको रुमपा कम्तीमा एउटा सरकारी पुनःस्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखिएको पनि उल्लेख गरे । 

उनले भने, ‘नेपाल सरकारको आर्थिक वर्ष २०८२-०८३ को स्वीकृत नीति कार्यक्रममा एक सुविधा सम्पन्न राष्ट्रिय न्युरोसाइन्सेस सेन्टर स्थापना गर्ने योजना ल्याइएको छ । त्यसभित्र विशेष पुनःस्थापना इकाइ बनाइ सो सेवाहरू उपलब्ध गराउने विषय समेत उल्लेख गरेका छौँ । यस बाहेक सरकारले तयार पारिरहेको राष्ट्रिय पुनःस्थापना रणनीतिको मस्यौदामा संघीय तहमा नमुनाको रुमपा कम्तीमा एउटा सरकारी पुनःस्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखिएको छ ।’ मन्त्री पौडेलले सरकारको पुनः स्थापना केन्द्र सञ्चलन र व्यवस्थापनको लागि थप बजेटको व्यवस्था गरिएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?