भिजिट भिसा प्रकरण : एमाले–कांग्रेससँग मिल्यो माओवादी, एक्लियो रास्वपा

लोकपथ
3.9k
Shares
फाइल तस्बिर

काठमाडौं । भिजिट भिसा प्रकरणमा तीन दलबिच सहमति भएको छ ।

सत्तारुढ दलहरु एमाले–कांग्रेस र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रबिच सहमति भएको हो । जसकारण लामो समयदेखि अवरोध रहेको संसद सुचारु हुने बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन दलबिच सदन खुलाउने विषयमा २ बुँदे सहमति भएको बताए । तीन दलबिच बिहीबार नै सहमति भएको र आज त्यसलाई औपचारिकता दिने तयारी रहेको उनको धारणा रहेको छ ।

दुई बुँदे सहमति अनुसार पहिलो सहमतिमा भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको र त्यसमा सरकारसहित सबैको तर्फबाट सहयोग गर्ने उल्लेख गरिएको छ । भने दोस्रो बुँदामा ‘अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्नु’ रहेको छ ।

सत्ता र प्रमुख प्रतिपक्षी दलबिच उक्त सहमतिमा समेत हस्ताक्षर भएको छ । तर अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने सहमतिमा हस्ताक्षर गरेको छैन ।

त्यसो त रास्वपाले सुरुदेखि नै भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, उच्चस्तरीय छानबिन समिति र प्रधानमन्त्रीको जवाफ माग गरिरहेको छ । उक्त विषयमा माओवादी केन्द्र भने सुरुदेखि नै लचक देखिएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवालाई केही दिनअघि भेटेपछि मिलेर जाने विषयमा तीन दलबिच सहमति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?