कर्मचारी युनियनको संयुक्त माग– ‘न्यायाधीश थारुमाथि कालोमोसो दल्नेलाई कडा कारबाही होस्’

लोकपथ
245
Shares

काठमाडौं । नेपाल निजामति कर्मचारी संगठन र नेपाल निजामति कर्मचारी युनियनले न्यायाधीश खुसीप्रसाद थारुमाथि कालोमोसो दल्नेमाथि कारबाहीको माग गरेको छ ।

दुवै संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै न्यायमुर्तिमाथिको व्यवहार आपत्तिजनक रहेको भन्दै विरोध जनाएका हुन् ।

रौतहट बम काण्डका मुख्य दोषी ठहरिएका कांग्रेस नेता अफताब आलमलाई सफाइ दिएको भन्दै धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले कालोमोसो दलको थियो ।

न्यायाधीशको फैसला चित्त नबुझेमा माथिल्लो तहबाट परीक्षण हुने संवैधानिक व्यवस्थ हुँदाहुँदै न्यायाधीशमाथि अमर्यादित व्यवहार भएको दुवै संगठनको ठहर रहेको छ ।

‘न्यायाधीशले गरेको फैसला चित्त नबुझे माथिल्लो तहबाट परीक्षण हुने संवैधानिक एवम् कानुनी हक हुने व्यवस्था हुँदाहुँदै गैरकानुनी चरित्र एवं कालोमोसो जस्ता अमर्यादित व्यवहार प्रदर्शन गर्नु दुर्भाग्यपूर्ण र असोभनीय हो,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सो घटनामा संलग्न दोषीलाई कानुनको दायरामा ल्याइ हदैसम्मको कारबाही गर्न जोडदार रुपमा माग गर्दछौँ । साथै आगामी दिनहरुमा यस्ता अवान्छित नदोहोरिउन भनी खबरदारी गर्दै भयरहित तबरले न्याय सम्पादन गर्न पाउने वातावरण सिर्जना गरिदिन सरोकारवाला सबैसँग हार्दिक अपिल गर्दछौँ ।’

यो पनि

न्यायाधीशलाई कालोमासो दलेपछि नेकपा बहुमतले भन्यो– ‘यो सांकेतिक कारबाही मात्र हो’

आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो छ्यापियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?