विपद् जोखिम न्यूनीकरण र स्रोतहरूको दिगो उपयोगमा प्राथमिकता दिएका छौँ : अर्थमन्त्री पौडेल 

लोकपथ
35
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विपद् जोखिम न्यूनीकरण र स्रोतहरूको दिगो उपयोगमा प्राथमिकता दिनुपर्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनप्रति अत्यधिक संवेदनशील देशको रूपमा नेपाल रहेको बताए । उनले सार्वजनिक संस्थानहरूको सुदृढीकरण, जबाफदेहिता र प्रभावकारितामा जोड दिनुपर्ने आवश्यकता औँल्याए । 

बलिया संस्थाहरूले मात्र विकास लक्ष्यलाई वास्तविक रूपमा रूपान्तरण गर्न सक्ने जिकिर गरे। सार्वजनिक वित्त व्यवस्थापन खरिद प्रणाली र वातावरणीय तथा सामाजिक सुरक्षामा सुधार गर्न विश्व बैंक समूहसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।  

उपप्रधानमन्त्री पौडेलले भने, ‘प्राकृतिक प्रकोप र जलवायु परिवर्तनप्रति अत्यधिक संवेदनशील देशको रूपमा हामी रहेकोले विपद्को तयारी, जोखिम न्यूनीकरण र स्रोतहरूको दिगो उपयोगमा प्राथमिकता दिनुपर्ने अवस्था छ । यी क्षेत्रमा प्राप्त हुने सहयोगले हामीलाई सुरक्षित भविष्य निर्माणमा मद्दत गर्नेछ । सार्वजनिक संस्थानहरूको सुदृढीकरण, जबाफदेहिता र प्रभावकारितामा सेपिएफले जोड दिएको विषयलाई म स्वागत गर्न चाहन्छु । बलिया संस्थाहरूले मात्र विकास लक्ष्यलाई वास्तविक रूपमा रूपान्तरण गर्न सक्छन् । हामी सार्वजनिक वित्त व्यवस्थापन खरिद प्रणाली र वातावरणीय तथा सामाजिक सुरक्षामा सुधार गर्न विश्व बैंक समूहसँग सहकार्य गर्न प्रतिबद्ध छौँ ।’

उपप्रधानमन्त्री पौडेलले प्रक्रियागत सरलीकरण गरी आयोजनाहरू समयमै प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?