न्यायाधीशलाई कालोमासो दलेपछि नेकपा बहुमतले भन्यो– ‘यो सांकेतिक कारबाही मात्र हो’

लोकपथ
1.2k
Shares

काठमाडौं । उच्च अदालत जनकपुरको स्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारुविरुद्ध कालोमोसो छ्याप्ने नेकपा बहुमतले उक्त कारबाही सांकेतिक भएका कारबाही मात्रै रहेको चेतावनी दिएको छ ।

बिहीबार कार्यकक्षमा रहेका बेला थारुमाथि नेकपा बहुमतका कार्यकर्ताहरुले कालोमोसो छ्यापेका थिए । रौतहट बम काण्डका मुख्य अभियुक्त कांग्रेस नेता अफताब आलमलाई सफाइ दिएको भन्दै बहुमतका ३ कार्यकर्ताले न्यायाधीशमाथि कालोमोसो दलको हुन् । यद्यपि तीनै जनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

नेकपा बहुमतका महासचिव धमेन्द्र बास्तोला ‘कन्चन’ ले आज विज्ञप्ति जारी गर्दै आफूहरुको उक्त कारबाही सांकेतिक रहेको भन्दै चेतावनी दिएका हुन् ।

‘जिउँदै मानिसलाई इट्टाभट्टामा जलाएर हत्या गर्ने पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनलाई पार्टीका केन्द्रीय सदस्यहरु क. अविनाश, क. पदम र सिरहा जिल्ला सचिवालय सदस्य क. गर्भू महतोको नेतृत्वमा जनसमुदायको सहभागितासहित कालोमोसो दलिएको छ ।

पीडितलाई अन्याय गर्ने मात्र नभएर नेपालको न्याय प्रणालीलाई नै अन्तर्राष्ट्रिय जगतमा कालो धब्बाको रुपमा बदनाम गर्ने नेपालका इमान्दार सबै न्यायाधीशहरुको इज्जतमा कालो धब्बा लगाउने न्यायाधीशमाथि यो सांकेतिक कारबाही हो,’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै विभिन्न काण्डहरुलाई ढाकछोप गरिएको भन्दै नेकपा बहुमतले आपत्ति जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?