पत्रकारितामा साँचो र झुटो छुट्याउन गाह्रो भइरहेको छ : सभामुख घिमिरे

लोकपथ
322
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सूचना, वाक स्वतन्त्रता र प्रेसलाई व्यवहारिक बनाउन संसद्मा कानुन निर्माण भइरहेको बताएका छन् । ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

उनले सूचनाको हक, वाक स्वतन्त्रताको हक, प्रेसलाई व्यवहारिक बनाउन अहिले पनि केही कानुनहरू संसद्मा छलफलका क्रममा रहेको जिकिर गरे ।  

उनले कानुनलाई छिटै व्यवहारिक रूपबाट निर्णयमा पुर्‍याउने र कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताए । अहिले पत्रकारितामा के साँचो र के झुटो भन्ने कुरा छुट्याउन कठिन भइरहेको जिकिर गरे । सच्चाईलाई बोकेर अघि बढ्ने कुराहरूमा चुनौती आइरहेका उनको भनाइ छ  । 

सभामुख घिमिरेले भने, ‘सूचनाको हक, वाक स्वतन्त्रताको हक, हाम्रो प्रेसलाई व्यवहारिक बनाउने अहिले नै पनि विभिन्न कानुनहरू हाम्रो संसद्मा नेपालको सन्दर्भमा आइरहेका छन् । ती कानुनलाई छिटै व्यवहारिक रूपबाट निर्णयमा पुर्‍याउने र निर्णय कार्यान्वयन गर्नको लागि पनि, सरकारको नियन्त्रणमा नरहोस् भन्नका लागि आवश्यक हुन्छ । अहिले पत्रकारितामा के साँचो हो र के झुटो हो ? भन्ने कुरा छुट्याउन गाह्रो भइरहेको छ । सच्चाईलाई बोकेर अघि बढ्ने कुराहरूमा आइरहेका चुनौतीमा आर्थिक समस्याको समाधान गर्नको लागि पुरानो प्रणालीमा रहेको पत्रकारिता रेडियो नेपाल वा अखबारी प्रेसमा छापिने कुराहरूसँग अहिले एआई जस्ता अहिलेको प्रविधिले गर्दा यसले सच्चाई के हो भन्ने बुझ्न सच्चाई कुराहरू लैजान गाह्रो परिरहेको बेलामा राज्यले यस्ता कुराहरूको संरक्षण गर्न आवश्यक नीति बनाउनु पर्छ ।’

सभामुख घिमिरेले सञ्चारमाध्यमले आफ्नो मातृभाषाको संरक्षण र संवर्द्धन गर्न आवश्यक रहेको पनि बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?