काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी कार्यालयलाई अपाङ्गतामैत्री बनाइने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अपाङ्गता भएका व्यक्तिहरूलाई पार्टी कार्यालयमा माथि चढ्न समस्या भएको गुनासो आएको भन्दै पार्टीका पदाधिकारीहरूसँग कुरा गरेर माथिसम्मै ह्वीलचेयर जान सक्ने व्यवस्था गर्ने बताए । उनले अबको बाटो संकल्प र कार्यान्वयनको भएको बताए । उनले अब बोल्ने नभए काम ध्यान दिनुपर्ने बताए ।
पार्टी संरचनामा अनिवार्य प्रतिनिधित्व सुनिश्चितता गर्नेकुरामा लाग्ने उनको भनाइ छ । सबै तहमा डिजिटल पहुँच सुधार गर्न ध्यान दिने बताउँदै उनले पार्टीको नीति तथा घोषणापत्रहरूमा अपाङ्गताका सवालहरु स्पष्ट रूपमा उल्लेख गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘अबको बाटो संकल्प र कार्यान्वयनको हो । अब हामीले कुरामा होइन, काममा ध्यान दिनुपर्नेछ । पार्टी संरचनामा अनिवार्य प्रतिनिधित्व सुनिश्चितता गर्नेकुरामा लाग्नुपर्नेछ । सबै तहमा डिजिटल पहुँच सुधार गर्नुपर्नेछ । पार्टीको नीति तथा घोषणापत्रहरूमा अपाङ्गताका सवालहरु स्पष्ट रूपमा उल्लेख गरिनेछ । नेपाली कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यासमा अग्रणी भूमिका खेल्नेछ । माथि आउन धेरै गाह्रो छ भन्ने कुरा उठाउनु भयो । ह्वीलचेयरको बाटो छैन । त्यसै कारण पार्टीका सबै साथीहरूलाई कसरी सिधै माथि ह्वीलचयर आउने व्यवस्था गर्न साथीहरूसँग कुरा गरेर, कोषाध्यक्षलाई राखेर माथि आउने सिधा बाटो बनाउने काम गर्नेछु ।’ सभापति देउवाले अपाङ्गता भएका व्यक्तिहरूले हिनतावोध नगरी आफ्नो काममा लाग्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया