काठमाडौं । द्विपक्षीय श्रम सम्झौता भएको मुलुक (युएई) मा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीनवटा संसदीय उपसमिति गठन गरिएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले तीन वटा संसदीय उपसमिति गठन गरेको हो ।
समिति सभापति अब्दुल खानले उपसमितिको संयोजक उपसमितिको पहिलो बैठकबाट तय हुने गरी गठन गरिएको जानकारी दिए । उनकाअनुसार समितिले घरेलु कामदारहरूको सम्बन्धमा निर्णय गर्न दलहरूको धारण समेत दिने भएको छ ।
सभापति खानले भने, ‘घरेलु कामदारहरूको सम्बन्धमा निर्णय गर्न दलहरूको पनि धारणा लिनुपर्ने कुराहरू भएको छ । घरेलु कामदारहरूको सम्बन्धमा तीन वटा उप संसदीय गठन गरिएको छ । आज नै लिखित निर्णय आउँछ । उपसमितिको संयोजक चाहिँ बैठक बसेर तय गर्ने भएको छ ।’
समितिको शुक्रबारको बैठकले द्विपक्षीय श्रम सम्झौता भएको मुलुक युएईमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया