एअर इण्डियाको विमानमा बम राखेको धम्की : आकस्मिक अवतरण

लोकपथ
8.5k
Shares

काठमाडौं । एअर इण्डियाको एक विमान थाइल्याण्डमा आकस्मिक अवतरण गरिएको छ ।

शुक्रबार बिहान नयाँ दिल्लीका लागि उडेको उक्त विमानमा बम रहेको भन्दै धम्की आएसँगै आकस्मिक अवतरण गरिएको भारतीय सञ्चार माध्यम अमर उजालाले जनाएको छ ।

एआई ३७९ विमान थाइल्याण्डको फुकेटबाट नयाँ दिल्लीका लागि उडेको थियो । तर धम्कीपछि पुनः आकस्मिक आकिस्मक अवतरण गराइएको हो । उक्त विमानमा १५६ यात्रु रहेको बताइएको छ । आकस्मिक अवतरण गरेर सबै यात्रुहरुलाई बाहिर सुरक्षित रुपमा बाहिर निकालेर सुरक्षित स्थानमा राखिएको छ ।

त्यसो त बिहीबार लण्डनका लागि उडेको एअर इण्डियाको बोइङ दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको थियो । विमानमा सवार २४२ (चालक दलका सदस्यसहित) मध्ये २४१ जना र विमान ठोक्किएको भवनमारहेका ४९ जनाको समेत मृत्यु भएको थियो ।

त्यसो त यसअघि पनि इयर इण्डियाका विमानहरुमा थुप्रै पटक बम रहेको धम्कीका कारण आकस्मिक अवतरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?