काठमाडौं । वीरगन्ज महानगरपालिका–२२ स्थित ड्राईपोर्ट सडकखण्ड अन्तर्गत सिताराम चौकमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
वीरगञ्ज प्रहरीका अनुसार आज शुक्रबार बिहान करिब ५ बजे बिग्रिएर रोकिराखिएको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकमा सिरसिया डाईपोर्टतर्फ गइरहेको बागमती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार, मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तीनजना युवकमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा पर्सा छिपहरमाई गाउँपालिका–३ झलमैया टोल निवासी रामाकान्त यादव र सोही ठाउँका विजय यादव रहेका छन् । गम्भीर घाइते भएका २२ वर्षीय विजयकुमार यादवको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
ट्रक चालक फरार रहेकोले उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया