४२ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

लोकपथ
833
Shares

काठमाडौं ।  मंगलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा १५ ले बढोत्तरी भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी  दुई हजार १६५ मा कारोबार भइरहेको छ । 

गत मंगलबार एक तोला सुन  एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी  दुई हजार १६५ मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?