अहमदावाद विमान दुर्घटना : २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु, एक मात्रै जीवित

लोकपथ
2.5k
Shares
तस्बिर स्रोत : ईण्डिया टिभी

काठमाडौं । भारतको अहमदावादमा एयर इण्डियाको विमान दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न लण्डनका लागि उडेको एयर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटना भएको हो ।

उक्त विमानमा विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए ।

जसमध्ये एक जना मात्र यात्री जीवित रहेको पुष्टि गरेको बीबीसीले जनाएको छ । दुर्घटनामा एक मात्र बाँच्न सफल व्यक्ति भारतीय मूलका बेलायती नागरिक हुन् । उनी गम्भीर घाइते अवस्थामा अस्पतालमा उपचाररत छन्।

दुर्घटनापछि घटनास्थलमा पुगेका भारतका गृहमन्त्री अमित शाहले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘विमानमा १.२५ लाख लिटर इन्धन थियो, जसका कारण तापक्रम अत्यन्त उच्च भएकोले उद्धार असम्भवजस्तै बनाएको थियो।’ शाहका अनुसार लगभग सबै शवहरूको पहिचान र निकाल्ने कार्य सम्पन्न भइसकेको छ।

दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको पनि मृत्यु भएको पुष्टि भएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?