चुनावी तालमेलले यस्तो लफडा, एमाले र माओवादीका कार्यकर्ताबीच कुटाकुट

डोल्पा, १९ कात्तिक – डोल्पामा केन्द्रमा भएको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै एमाले र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच कुटाकुट भएको छ चुनाव प्रचारप्रचारका क्रममा तल्लो डोल्पा पुगेका एमालेका कार्यकर्ता र माओवादी केन्द्रका स्थानीय कार्यकर्ताबीच कुटाकुट भएपछि मुड्केचुला गाउँपालिकाका युवा संघका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका छन् माओवादीका स्थानीय कार्यकर्ताले शाहीमाथि चिर्पट प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ अखिल क्रान्तिकारीका जिल्ला सदस्य टक्क शाहीले अध्यक्ष शाहीमाथि लुकेर आक्रमण गरेको एमाले डोल्पाको आरोप छ चिर्पट प्रहार गर्ने अखिल क्रान्तिकारीका टक्क शाही प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ प्रचार टोली गाउँमा पुगिसकेपछि शाहीमाथि आक्रमण भएको एमालेले जनाएको छ कुटपिटपछि गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?