शिक्षा क्षेत्रमा पठनपाठनको होइन, सिकाइको संकट : महामन्त्री थापा

लोकपथ
196
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले शिक्षा क्षेत्रमा पठनपाठनको नभई सिकाइको संकट रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिको २४औँ संघीय प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले विद्यालय शिक्षा विधेयबाट यसको समाधान हुने बताए । अबको दशका शिक्षा विकासको दशक भएको उल्लेख गर्दै अब माथिल्लो स्तरमा पुग्न जरुरी रहेको उनको भनाइ छ । 

त्यसका लागि कक्षाकोठा भित्रको सिकाइ नबदलीकन सम्भव नरहेको जिकिर गरे । परिवर्तनको संवाहक शिक्षक भएकाले एउटा नयाँ जोसका साथ विद्यालय र कक्षा कोठाको अवस्था बदल्नुपर्ने बताए ।  

महामन्त्री थापाले भने, ‘हाम्रो अहिलेको संकट भनेको पठनपाठनको संकट होइन, सिकाइको संकट हो । यो विधेयकबाट कानुन बनिसकेपछि अब हाम्रो अपेक्षा शिक्षा विकासको दशक हो । हामी नेपालीहरू लो इन्कमबाट माथि उठिसकेको छैनौँ । त्यसका निम्ति हाम्रो कक्षाकोठा भित्रको सिकाइ नबदलीकन सम्भव छैन । त्यो परिवर्तनको संवाहक शिक्षक साथीहरू हो । यो कानुन बनिसकेपछि हाम्रो शिक्षक संघको नेतृत्वमा देशभर शिक्षक पेसामा लागेका साथीहरूले एउटा नयाँ जोसका साथमा हाम्रो विद्यालय र कक्षा कोठाको अवस्था बदल्नुपर्छ । र नयाँ एउटा क्रान्तिको तपाईँहरूले नेतृत्व गर्नुपर्छ । हाम्रो विधान संशोधन गर्दै गर्दा फरक फरक क्षेत्र, पेसा, व्यवसायका साथीहरूलाई नेपाली कांग्रेस पार्टीभित्र आफ्नो अनुभव लिएर आउने कुरामा प्रेरित गर्न चाहन्छौँ ।’

महामन्त्री थापाले अहिले राजनीतिक दलमा आबद्ध हुनु भनेको खराब हो भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्ति जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?