शिक्षकसँगको सम्झौता दायाँ,बायाँ नगरी शिक्षा विधेयक टुंग्याउँछौँ : महामन्त्री शर्मा

लोकपथ
483
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यालय शिक्षा विधेयक शिक्षकहरूसँग भएका सम्झौताहरु अक्षरशः लागू गर्दै संसदबाट पारित हुने बताएका छन् । 

बिहीबार काठमाडौंमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिको २४औँ संघीय प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । महामन्त्री शर्माले समाज र देश बनाउन सबै एकसाथ भएर लाग्नुपर्ने बताए । 

उनले देश समृद्ध बनाउन बाटो बनाउनुपर्ने, बिजुली उत्पादन गर्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने जरुरी रहेको बताए । 

सामाजिक रूपान्तरणको मुद्दाको सबैभन्दा सशक्त झन्डा भने शिक्षकहरूले मात्रै उठाउन सक्ने उनको भनाइ छ । राजनीति र विद्यालय बिचको सहकार्य विषय सामाजिक रूपान्तरण भएको उल्लेख गरे । स्थानीय तह र विद्यालयबिचको सहकार्यको विषय भनेको सामाजिक रूपान्तरण भएको बताए ।  

महामन्त्री शर्माले भने, ‘यो समाज र यो देश बनाउनु छ भने बाटो पनि बनाऔँ, बिजुली पनि बनाऔँ । रोजगारी सिर्जना गर्ने काम पनि गरौँ । तर सामाजिक रूपान्तरणको मुद्दाको सबैभन्दा सशक्त झन्डा कसैले उठाउँछ भने शिक्षक सङ्घले नै हो । गाउँ गाउँमा उठाउँछ । राजनीति र विद्यालय बिचको सहकार्य विषय सामाजिक रूपान्तरण हो । स्थानीय तह र विद्यालयबिचको सहकार्यको विषय भनेको सामाजिक रूपान्तरण हो । शिक्षा विधेयक जे प्रक्रियामा गएको छ, जे सम्झौतामा गएको छ, अक्षरशः दायाँ,बायाँ नभई कन तपाईँको हातमा पर्ने गरी संसदबाट हामी टुंग्याउँछौँ । ’ महामन्त्री शर्माले सामाजिक रूपान्तरणको मुद्दा शिक्षकहरूको बन्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?