संसद् अवरोध गर्नुको औचित्य छैन, केही राजनीतिक दलहरू षड्यन्त्र गर्न लागेका छन् : गृहमन्त्री लेखक

लोकपथ
798
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसद् अवरोध गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।  बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । 

उनले केही समय यता संसद् अवरोध रहेको र संसद्को अवरोध गर्नुपर्ने कुनै कारण र अर्थ नरहेको जिकिर गरे । उनले केही प्रतिपक्षी दलहरूले नियोजित रूपमा षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राखेर लागि परेको बताए । अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित रहेको बताए ।  

गृहमन्त्री लेखकले भने, ‘केही समयदेखि संसद् अवरोध भएको छ । यो संसद्को अवरोध गर्नुपर्ने कुनै कारण छैन । कुनै अर्थ छैन । कुनै औचित्य छैन । संसद्को अवरोधका पछाडि सबै प्रतिपक्ष दललाई म दोष दिन्न तर प्रतिपक्षमा रहेका केही मानिसहरू नियोजित ढंगले, राजनीतिक षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राख्ने काम भएको छ । यो अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित छ । यसका पछि कुनै अर्थ र औचित्य छैन । यो अवरोध चाँडै हट्नुपर्छ ।’ गृहमन्त्री लेखकले संसद्को अवरोध चाँडै हट्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?