काठमाडाैं । रौतहटको राजापुर बम कान्डका अभियुक्त कांग्रेस नेता अफताब आलमलाई सफाइ दिने एक न्यायाधीशमाथि कालोमोसो छ्यापिएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा न्यायाधीश खुशीप्रसाद थारुमाथि कालोमोसो छ्यापिएको हो ।
रौतहटको राजापुरमा पहिलो संविधानसभा निर्वाचनको ठीक अघिल्लो दिन भएको बम विस्फोटको योजनाकार मानिएका आलमलाई रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएकामा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको थियो ।
न्यायाधीशद्वय थारु र महर्जनले गरेको उक्त फैसला चौतर्फी आलोचित भइरहेकै समयमा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतको युवा दस्ताले बिहीबार इजलसामै गएर न्यायाधीश थारुमाथि कालोमोसो छ्यापेको हो ।
कालोमेसो छेप्ने क्रममा नेकपा बहुमतका तीनजना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा अविनाश भन्ने किशोर कुँवर, गर्बुज र बिहानी उपनामका व्यक्तिहरु रहेका छन् ।
उनीहरु तीनैजना नेकपा बहुमतका केन्द्रीय सदस्यहरु हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया