शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्छ : प्रधानमन्त्री ओली

लोकपथ
175
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्ने बताएका छन् । भएको काठमाडौं विश्वविद्यालयसभाको ९९ बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले शिक्षामा आमुल परिवर्तन गर्न जरुरी रहेको बताए । शिक्षामा भइरहेको असन्तुलित बजेट विनियोजनमा पुनः विचार गर्नुपर्ने उनको भनाइ छ ।

मेडिकल स्वास्थ्यमा धेरै बजेट विनियोजना गर्ने र इन्जिनियर लगायत अरु विषयमा बजेट कम भइरहेको बारेमा पनि पुनःविचार गर्न जरुरी रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले एजुकेसनको सन्दर्भमा आमुल परिवर्तन गर्नुपर्नेछ । केही केही धेरै नमिलेका कुराहरु छन् । मेडिकल एजुकेसनमा ७५ प्रतिशत स्कलरसिप दिएका छौँ । र ४५ देखि ५० लाखको खर्च व्यहोर्ने, अब हामी थप गेटा खोल्दैछौँ । त्यहाँ फेरि विद्यार्थीको ७५ प्रतिशत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोटा बढाउँदैछौँ । अरु स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु खोल्दैछौँ । अरु विश्वविद्यालयहरु खोल्दैछौँ । त्यसो भएपछि स्वास्थ्य शिक्षमा खासगरी युजीमा हामीले दिने गरेका छाैँ । धेरै असन्तुलित र एकतर्फ बजेट बेस्सरी खन्याउने र अर्कोतर्फ शिक्षा के भइरहेको छ भन्नेकुरामा बढी ध्यान नजाने कुरा भइरहेको छ, यसमा पुनःविचार गर्नैपर्छ । कति सक्छौँ हामी ? अरु इन्जिनियर पढ्नेलाई किन नदिने ? स्कलरसिप । अरु विधा पढ्नेलाई किन नदिने ? डाक्टर मात्रै भएर समाज चल्छ र ? डाक्टर मात्रैलाई सुविधाका साथ उत्पादन गर्ने अरु उत्पादन नगर्ने कुरा हुँदैन । अरु सबै शिक्षाले पनि कति कति प्राप्त गर्न सक्छन्, त्यसलाई हेरेर आम जनताको एक्सेसभित्र छोराछोरी सबैले पढाउन सकुन्, त्यहाँ सुविधा पुर्‍याउन सकियोस् भन्नेकुरा एक्सेसभित्र एजुकेसन पुर्‍याउनुपर्छ । एजुकेसनलाई मोर्डन टेक्नोलोजीयुक्त र जीवन उपयोगी बनाउनुपर्छ । बेरोजगार जन्माउने विगतको नहोस् । विगतको कुरालाई सच्याउनुपर्छ । अनुत्पादक र बेरोजगार खालको निकम्भा बनाउनु हुँदैन ।’ प्रधानमन्त्री ओलीले कुनै एउटा विषयमा मात्रै लगानी गरेर समाज चल्न नसक्ने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?