एयर इण्डिया विमान दुर्घटना : कुन–कुन देशका नागरिक थिए सवार ?

लोकपथ
6.7k
Shares
तस्बिर स्रोत : ईण्डिया टिभी

काठमाडौं । भारतको गुजराजस्थित अहमदावाद विमानस्थल नजिकै भएको एयर इण्डियाको विमानमा विभिन्न देशका नागरिकहरु सवार रहेको पाइएको छ ।

जहाँ १६९ भारतीय, ५३ जना बेलायत, ७ पोर्चुगली र एक क्यानडाका नागरिक रहेको भारतीय सञ्चारमाध्यम अमर उजालाले जनाएको छ ।

बिहीबार दिउँसो १ बजेर ३८ मिनेटमा एयर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त भएको थियो । उक्त विमानमा चालक दलका १२ सदस्यसहित २४२ जना सवार रहेका थिए । अहिले घाइतेहरुको उद्दार भइरहेको र नजिकको अस्पतालमा पुर्याउने काम भइरहेका जनाइएको छ ।

उक्त विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेका थिए ।

उडान भरेको केही मिनेटमै उक्त विमान एयरपोर्ट नजिकै रहेको एक भवनमा ठोक्किन पुगेको थियो । उक्त भवनमा डाक्टरहरुको होस्टेल रहेको समेत बताइएको छ, यद्यपि त्यहाँ कति क्षति भयो भन्नेबारे भने कुनै जानकारी आएको छैन ।

विमान दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक उड्डयनमन्त्री राममोहन नायडूसँग त्यसबारे जानकारी लिएका छन् । साथै उद्धारका लागि आवश्यक सहायता तत्काल उपलब्ध गराउन र उद्धारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

दुर्घटनापछि अहमदावाद विमानस्थलबाट हुने सबै उडानहरु रोकिएको छ । हालसम्म कुनै मानवीय क्षति भएको खबर भने आएको छैन ।

यो पनि…

अपडेट : गुराजतका पूर्वमुख्यमन्त्री समेत सवार, उडेको दुई मिनेटमा भएको दुर्घटना

भारतमा २४२ यात्रु सवार विमान दुर्घटना



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?