अपडेट : गुराजतका पूर्वमुख्यमन्त्री समेत सवार, उडेको दुई मिनेटमा भएको थियो दुर्घटना

लोकपथ
10.3k
Shares
तस्बिर : टाइम्स अफ इण्डिया

काठमाडौं । भारतको अहमदाबाद विमानस्थल नजिकै दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्व मुख्यमन्त्री समेत रहेको खुलेको छ ।

बिहीबार अपरान्ह लण्डनका लागि एयर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटना भएको हो । उक्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु सवार रहेको दैनिक भाष्करले जनाएको छ ।

त्यसमध्ये १२ जना चालक दलका सदस्य र २३० जना यात्रु रहेका थिए । एयर इण्डियाको फ्लाइट नं एआई १७१ ले स्थानीय समय अनुसार दिउँसो १ बजेर ३८ मिनेटमा लण्डनका लागि उडेको थियो । तर उडान भरेको २ मिनेटमा अर्थात् १ बजेर ४० मिनेटमा दुर्घटनाग्रस्त भएको हो । उक्त विमान एयर कस्टम कार्गो अफिसको नजिकै दुर्घटना भएको हो । उक्त स्थान वरपर ठूलो धुवाको मुस्लो देखिएको दैनिक भाष्करले जनाएको छ ।

विमान एक भवनमा ठोक्किएको, जहाँ डाक्टरहरु बस्ने गरेको खुल्न आएको छ यद्यपि के कति नोक्सान भयो भन्ने अहिलेसम्म खुल्न नआएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?