संसद्को अवरोध हटाउन बिचको उपाय खोज्नुपर्छ : अध्यक्ष नेपाल

लोकपथ
434
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद्को अवरोध हटाउन बिचको उपाय खोज्नुपर्ने बताएका छन् । 

सिंहदरबारमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटका क्रममा उनले यस्तो बताएका हुन् । 

उनले सदनको अवरोध हटाउन कुनै न कुनै उपाय निकाल्नुपर्ने र अब बिचको उपाय खोजेर अघि बढ्नुपर्ने बताए । अध्यक्ष नेपाल र अध्यक्ष दाहालबिच सिंहदरबारमा पछिल्ला समसामयिक राजनीतिक, अख्तियारको मुद्दा, संसद्को अवरोधका विषयमा छलफल भएको छ । 

अध्यक्ष नेपालले भने, ‘कुनै न कुनै उपाय निकाल्नुपर्छ भन्ने कुरामा नै अब बिचको उपाय खोज्ने भन्ने छ । अख्तियारको बारेमा त प्रधानमन्त्रीकै कुरा आइसकेको छ ।’

अख्तियारको मुद्दाबारे सञ्चारकर्मीले गरेको प्रश्नमा अध्यक्ष नेपालले यसबारेमा प्रधानमन्त्रीले नै बोलिसक्नुभएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?