भारतमा २४२ यात्रु सवार विमान दुर्घटना

लोकपथ
7.1k
Shares
तस्बिर स्रोत : ईण्डिया टिभी

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एयर ईण्डियाको विमान दुर्घटना भएको छ ।

अहमदाबाद विमानस्थलबाट उक्त प्लेन टेकअफ गर्नेबित्तिकै दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त विमानमा १२ क्रू मेम्बरसहित २४२ जना सवार रहेका छन् । विमान दुर्घटना भएको स्थानबाट ठूलो धुँवाको मुस्लो आइरहेको छ ।

उक्त विमान भारतबाट लण्डनका लागि उडेको बताइएको छ । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

थप खबर आउँन बाँकी….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?