बन्दुकसहित एकजना पक्राउ

धादिङ, १९ कात्तिक – सदरमुकामसँगै रहेको नीलकण्ठ नगरपालिका वडा नं १३, खुर्पेखोबाट दुई नाल बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरी आज मुद्दा दर्ता गरेको छ प्रहरीले गाउँ सर्च गरी खुर्पेखोला निवासी ४६ वर्षीय कुलबहादुर थापाको घरबाट दुई नाल भरुवा बन्दुकसहित थापालाई पक्राउ गरी हिरासतमा लिएको प्रहरी नायब उपरीक्षक रामबहादुर थापाले जानकारी दिए । पक्राउ परेका थापालाई हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी न्यायिक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा प्रहरीले सक्रियता बढाएसँगै विशेष सुराकीका आधारमा हतियार बरामद गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?