काठमाडौं । नेकपा माओवादी केन्द्रले पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिनु संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावनाविपरीत भएको बताएको छ।
बिहीबार उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गर्दै यसले पार्टीलाई गम्भीर बनाएको उल्लेख गरेका छन्।
‘समाचार सामग्रीमा त्रुटि, पूर्वाग्रह वा तथ्यगत कमजोरी देखिएको छ भने त्यसको समाधानका लागि प्रेस काउन्सिल लगायतका नियामक निकायमार्फत खण्डन गर्ने वा प्रतिवाद गर्ने विधि स्थापित छ । तर सरकारले प्रत्यक्ष रूपमा पक्राउपूर्जी जारी गरेर असहिष्णुता र दमनको नीति लिएको छ, त्यो लोकतान्त्रिक मर्म विरुद्ध छ । माओवादी केन्द्र स्वतन्त्र, जिम्मेवार र तथ्यमा आधारित पत्रकारिताको सधैँ पक्षधर रहेकोले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धका गतिविधि नगर्न र सञ्चारकर्मीमाथि जारी पक्राउ पुर्जी फिर्ता लिन जोडदार माग गर्दछ, ‘ नेकपा माओवादी केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया