काठमाडौं । भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिन पहल थालेको छ ।
आयोगले आज बिहीबार सूचना जारी गर्दै ३५ दिनभित्र सम्बन्धित स्थानीय तहबाट वडाका तोकिएका स्थानमा निवेदन दिन आह्वान गरेको छ । आयोगले देशभरका ५३ जिल्ला र स्थानीय तहहरू तोकेरै भूमिहीन सुकुम्वासीसँग निवेदन माग गरेको हो ।
आयोगले बिहीबार जारी गरेको सूचनामा भनिएको छ, ‘भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले जग्गा पाउनको लागि आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी जेठ २९ गतेदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका जोडिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत् निवेदन पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।’



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया