ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निः शुल्क

लोकपथ
105
Shares

काठमाडौं । ग्राहकहरुको सहजताका लागि विभिन्न नयाँ स्कीमसहित ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँग सहकार्य गरेको छ ।

बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको हो । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरेका हुन् ।

ग्लोबल आइएमई बैंक नेपाली बैंकिङ क्षेत्रमा नयाँ–नयाँ सेवा र स्कीम ल्याउँदै ग्राहकलाई सरप्राइज प्याकेज दिने बैंकका रुपमा परिचित छ ।

पछिल्लो ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’मार्फत पहिलो पटक यती एअरलाइन्सको टिकट खरीद गर्दा ‘निःशूल्क’ उपलब्ध हुने भएको छ । त्यति मात्र होइन्, नियमित कार्ड प्रयोग गरी कारोबार गर्दा ग्राहक तथा यात्रुले विशेष छूट, बोनस पोइन्ट, प्राथमिक चेक–इन सेवा, अतिरिक्त तौल सुविधालगायत प्राप्त गर्ने छन् ।

यसले ग्लोबल आइएमई बैंकका ग्राहकलाई सरप्राइज प्याकेजसहित नवीन सुविधाको अनुभव गराउने विश्वास लिएको कम्पनीले जनाएको छ ।

ग्लोबल आइएमई बैंकका ग्राहकले ग्लोबल स्काई क्लब कार्डमार्फत यती एअरलाइन्सको पहिलोपटक टिकट खरिद गर्दा पूरै रकम बराबर क्यासब्याक दिइने भएको छ ।

त्यसैगरी, कार्डबाहक ग्राहकले यती एअरलाइन्सको कुनै पनि टिकट खरीद गर्दा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँ सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

कसरी फाइदा लिने कार्डबाट ?

बैंकका अनुसार कार्ड जारी गर्ने समयमा ग्राहकले १०० बोनस पोइन्ट पाउँछन् । यस्तो बोनस छुट, पुरस्कार वा अन्य सेवा उपयोगमा प्रयोग गर्न सकिनेछ । कार्डका माध्यमबाट पीओएस (प्वाइन्ट अफ सेल) वा ई–कमर्स प्लेटफर्ममा खरिद गर्दा हरेक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुने बताइएको छ ।

यसले डिजिटल कारोबारलाई प्रोत्साहन मात्र गर्ने छैन, साथमा कार्ड प्रयोगकर्तालाई बारम्बार फाइदा लिने अवसर समेत दिनेछ ।

विमानस्थलमा प्राथमिकता, ५ किलोग्राम अधिक तौल सुविधा ग्लोबल स्काई क्लब कार्डबाहकले विमानस्थलमा समेत प्राथमिकता पाउनेछन् ।

यती एअरलाइन्सका अनुसार चेक–इन तथा बोर्डिङ प्रक्रिया छिटोछरितो गराइने छ ।

यस्तो कार्डबाहक यात्रुले लगेजमा समेत अधिकतम तौल सीमा भन्दा ५ किलोग्राम अतिरिक्त सामान बोक्न पाउने सुविधा यती एअरलाइन्समा पाइने भएको छ । बढी तौलको लगेजका साथ यात्रा गर्ने यात्रुलाई यो सुविधा निकै फलदायी हुने बैंकको विश्वास छ ।

के भन्छन् सरोकारवाला ?

बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मी ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सबिचको यो सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने बताउँछन् । यो सहकार्यले डिजिटल बैंकिङलाई थप सशक्त बनाउने उनको विश्वास छ ।

उनी भन्छन्, ‘ग्लोबल आइएमई बैंक नयाँ प्रविधिको प्रयोगसँगै ग्राहकमैत्री सेवा र समयानुकूल योजना ल्याउन सधैं तत्पर छ ।’

यता यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा ग्लोबल आइएमई बैंकसँगको सहकार्यबाट बैंक र एयरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राही लाभान्वित हुने बताउँछन् ।

‘हामीले ग्लोबल आइएमई बैंकसँग मिलेर यस्तो योजना ल्याएका छौं, जसले दुवै संस्थाका ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्‍याउनेछ,’ उनी भन्छन्, ‘भविष्यमा अझ नयाँ र परिस्कृत सेवा ल्याउने विश्वास व्यक्त गरे ।’ ग्लोबल आइएमई बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?