अनेरास्ववियुमा नयाँ नेतृत्व चयनका लागि आज मतदान

लोकपथ
105
Shares

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) मतदान हुँदैछ।

बिहान ८ बजेबाट सुरु हुने मतदानमा देशभरबाट आएका १५ सयभन्दा बढी प्रतिनिधिहरूले भाग लिनेछन्।

मतदान प्रक्रियामा ४५ वटा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिने भएको छ। 

निर्वाचन कमिटीले बुधबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिसकेको छ। 

अध्यक्ष पदका लागि डा सुजन कडरिया र प्रकाश पौडेल प्रतिस्पर्धामा छन् । महासचिव पदमा कडरिया समूहबाट दीपक धामी र पौडेल समूहबाट आरके रोमस उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?