प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

लोकपथ
350
Shares

काठमाडौं। संघीय संसद्अन्तर्गतआज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो ३:०० बजे बस्ने संसद् सचिवालयलले जनाएको छ । तर, भिजिट भिसा प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दललगायत अन्य विपक्षी दलहरूले गर्दै आएको अवरोधका कारण बैठक फेरि पनि स्थगित हुने सम्भावना बलियो देखिएको छ।

आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरूबारे जानकारी गराउने कार्यसूची रहेको छ ।

तर, निरन्तरको अवरोधका कारण पछिल्ला केही दिनयता संसद्ले नियमित कार्यसूचीमा प्रवेश गर्न सकिरहेको छैन।

pp

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?