सानेपाको एक घरबाट ८ लाख बराबरको चोरी

लोकपथ
420
Shares

काठमाडौं । ललितपुर महानगरपालिका–२ सानेपास्थित एक घरबाट ८ लाख रुपैयाँभन्दा बढीको चोरी भएको छ । सानेपा डेरा गरी बस्ने रौतहट माधवनारायण गाउँपालिका–२ घर भएका शंकर झाको कोठाबाट चोरी भएको हो ।

सुन तथा चाँदीका गरगहना, मोबाइल र नगद समेत गरी करिब ८ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको प्रहरीले बताएको छ । चोरीमा संलग्नहरू भने अहिलेसम्म फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?