काठमाडाैं । प्रेस सेन्टर नेपालले दुई सञ्चारमाध्यमको समाचार हटाउन र पत्रकारमाथि पक्राउ पुर्जी जारी भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपालखबर डटकम र बिजमान्डू डटकममा प्रकाशित समाचार हटाउन र थप नलेख्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशप्रति प्रेस सेन्टरले ध्यानाकर्षण भएको जनाएको हो ।
‘स्वतन्त्र न्यायालयबाट पटक–पटक यस प्रकारको आदेश हुनु समाचार प्रसारण गरेकै कारण पत्रकारलाई पक्राउ गर्न पुर्जी लिनुलाई संयोगमात्रै मान्न सकिँदैन । यस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता गणतन्त्र संघीयता धर्मनिरपेक्षता सामाजिक न्यायसहितको समानुपातिक समावेशीतालाई उल्टाउने षड्यन्त्र हो भन्ने शंकाको सुविधा दिएको छ । यसको जिम्मा वर्तमान सरकार, गृहमन्त्री र गृह प्रशासनले लिनुपर्दछ । प्रेस सेन्टरका पत्रकार दिल भूषण पाठकलाई पक्राउको तयारीबाट पछि हट्न सरकारसँग आग्रह गर्दछु । संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रता नेपाली सञ्चार क्षेत्रको नियामक निकायको क्षेत्राधिकार लगायतका बारेमा विवेक पुर्याउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछ,‘ प्रेस सेन्टर नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया