काठमाडौं । पोखरामा प्याराग्लाइडिङ ल्याडिङ्ग गर्ने क्रममा दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ ल्याडिङ्ग गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बिच भागमा खसेको थियो ।
सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले उनीहरूलाई सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएकाहरूमा भारतको बनारस घर भएका ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दनकुमार पटेल तथा अग्नि प्याराग्लाइडिङ पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाइ प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारी रहेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया