काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षीहरुले विरोधलाई कायम राख्दा संसदको गतिविधि अघि बढ्न सकेन ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक पौने ४ बजे (३ः१५) बजे मात्रै सुरु भएको थियो । तर प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरुले विरोध गरेपछि बैठकमा अवरोध सिर्जना भएको हो ।
जनताका मुद्दा छाडेर विभाजित दलहरु, अवरोधको चपेटामा संसद [भिडियो रिपोर्ट]
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै विपक्षी दलहरुले राजीनामा माग्दै विरोध जनाइरहेका छन् ।
संसदमा ‘गृहमन्त्री राजीनामा दे’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ लगायतका नाराहरु लगाएका छन् । तर विपक्षीहरुले निरन्तर विरोध जनाएपछि जेठ २९ गते बिहीबारसम्मका लागि बैठक स्थगित भएको छ । सभामुखले आजको कार्यसूचीका सम्पूर्ण कामकारबाहीहरु सूचीबाट हटाएको जानकारी गराएका थिए । तर विपक्षीहरुको निरन्तर विरोधपछि बैठक भोलीसम्मका लागि स्थगित भएको हो । अर्को बैठक भोलि दिउँसो ३ बजे बस्नेछ ।
गत जेठ १३ गतेबाट निरन्तर विपक्षीहरुले प्रतिनिधि सभा बैठकमा विरोध जनाइरहेका छन् ।
हेर्नुहोस् भिडियो रिपोर्ट :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया