ढिला गरी सुरु भयो संसद, विपक्षीले दोहोर्‍याए पुरानै शैली

लोकपथ
805
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षीहरुले विरोधलाई कायम राखेका छन् ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक पौने ४ बजे (३ः१५) बजे मात्रै सुरु भएको थियो । तर प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरुले विरोध गरेपछि बैठकमा अवरोध सिर्जना भएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै विपक्षीहरुले विरोध जनाइरहेका छन् । यसअघि सभामुख देवराज घिमिरेसँग सत्ता र प्रतिपक्षी दलका सचेतक र प्रमुख सचेतकहरुले निरन्तर छलफल गरेका थिए । तर सत्ता र प्रतिपक्षी दलको आ–आफ्नै अडानका कारण बैठकमा अवरोध भइरहेको छ ।

विपक्षी दलहरुले गत जेठ १३ गतेबाट प्रतिनिधि सभा बैठकमा विरोध जनाइरहेका छन् । विपक्षीहरुले गृहमन्त्रीको राजीनामा, उच्चस्तरीय छानबिन समिति र प्रधानमन्त्रीको जवाफ माग गरिरहेका छन् ।

यो पनि…

जनताका मुद्दा छाडेर विभाजित दलहरु, अवरोधको चपेटामा संसद [भिडियो रिपोर्ट]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?