रौतहटमा लुटपाट गर्ने गिरोहका दुई जना पक्राउ

लोकपथ
273
Shares

रौतहट । रौतहट प्रहरीले लुटपाट गर्न खोज्ने गिरोहका २ जना मानिसलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुर्गा भगवती गाउँपालिका ३ बस्ने २० वर्षीय सिताराम महतो र सन्तोष महतो रहेका छन् । 

अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। उनीहरूले प्रदेश ०२–०४–०००१ प ०००१ नम्बरको मोटरसाइकलमा हिँडिरहेका दुर्गा भगवती ३ मसुरिया बस्ने वर्ष २५ का कृष्णमणि झालाई रोकेर लुटपाट गर्न खोजेको  जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

लुटपाटमा सहभागी फरार रहेका अन्य  व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।  घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रेस नोटमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?