मुलुक अब पुरानो व्यवस्थामा फर्किँदैन, जनतामा निराशा नआउने ढंगले काम गर्नुपर्छ : प्रचण्ड

लोकपथ
210
Shares
फाइल तस्बिर

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक पुरानो व्यवस्थामा नफर्कने बताएका छन् । 

अन्नपूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमुना माध्यमिक विद्यालयले आज  आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक संघर्ष र जनताको बलबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्कने बताएका हुन् । 

 ‘यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघिबढ्नुपर्छ । राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढंगले काम गर्नुपर्छ, ‘उनले भने। साथै उनले जनताका समस्या बुझ्न आफू उनीहरूका घरदौलोमा पुग्ने गरेको बताए । कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न  आफ्नातर्फबाट हरसम्भव प्रयास गर्ने अध्यक्ष दाहालको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?