सबै निर्णय मन्त्रिपरिषद्मा नलैजान अख्तियारले दिएको निर्देशनमा नेता केसीले गरे स्वागत

लोकपथ
5.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसमा नेता अर्जुननरसिंह केसीले सबै निर्णय मन्त्रिपरिषद्मा नलैजान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णयको स्वागत गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिन अघि सबै निर्णयहरुलाई मन्त्रिपरिषद्मा नलैजान तीनै तहको सरकारलाई निर्देशन दिएको थियो ।

सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका नेता केसीले नीतिगत निर्णयको आवरणमा भ्रष्टाचारलाई संस्थागत र नीतिगत गरिने प्रवृत्तिले नै देशमा आर्थिक अनियमितता र अनुशासनहीनता मौलाएको बताउँदै अख्तियारले गरेको निर्णय स्वागतयोग्य रहेको बताए ।

‘मुलुकको कानुनमा स्पष्ट ब्यवस्था नभएको तर राष्ट्र र जनहितको लागी नगरी नहुने अत्याश्यक नीतिनिर्माण मात्र संविधानको परिधिभित्र रहेर मन्त्रिपरिषदबाट गरिने निर्णय नीतिगत हुन्छ । नीतिगत निर्णयको आवरणमा भ्रष्टचारलाई नीतिगत र संस्थागत गरिने प्रक्रिया नै आज देशको आर्थिक, अनियमितता, अनुशासनहीनता र भ्रष्टचारको प्रमुख कारक पक्ष बनेको छ । यसको उपचारार्थ हिजो मात्र अख्तियारले गरेको निर्णय र निर्देशन स्वागत योग्य छ,’ नेता केसीले लेखेका छन् ।

त्यसो त विश्वका अन्य लोकतान्त्रिक सुशासन विकास र व्यवस्थापनको क्रममा सरकार र व्यवस्थापिकाबाट मात्र नभइ संवैधानिक संस्था र न्यायपालिकाबाट यस्ता महत्वपूर्ण मूल्य मान्यता स्थापित भएका छन् । साथै अख्तियारले गरेको निर्णयले सोही मूल्यमान्यता र नजिरलाई स्थापित गर्न मद्दत गरेको नेता केसीको ठहर रहेको छ ।

‘संसारकै लोकतान्त्रीक सुशासन विकास र व्यवस्थापनको क्रममा सरकार र व्यवस्थापिकाबाट मात्र होइन संवैधानिक संस्था र न्यायपालिकाहरुबाट यस्ता महत्वपूर्ण मान्यता, कानुन र नजिर स्थापित भएका छन् । यो स्थापित मान्यताहरुका निरन्तरताको आशा साथै अख्तियारको यो महत्त्वपूर्ण र साहसिक कदमका लागि प्रमुख लगायत सबै सदस्यहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ नेता केसीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?