पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी, उजुरीकर्ता देउवापुत्र जयवीर देउवा

लोकपथ
28.2k
Shares

काठमाडौं ।पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले समाचार प्रकाशनको विषयलाई लिएर दिएको उजुरीको आधारमा अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

पत्रकार पाठकले केही दिनअघि काठमाडौंको हिलटन होटल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर देउवाको विषयमा आफ्नो युट्युब च्यानलमार्फत सामाग्री प्रसारण गरेका थिए । सो सामाग्रीमा चित्त नबुझेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो । 

पत्रकार पाठकविरुद्ध देउवापुत्र जयवीरले नै उजुरी दिएको र जयवीरकै योजनाअनुसार अदालतबाट पक्राउ पुर्जी लिइएको स्रोतको भनाइ छ । 

प्रहरीले पक्राउ पुर्जी लिएलगत्तै पत्रकार पाठकको खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?