एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी नीतिविरुद्ध चर्किएको जनआक्रोशका कारण क्यालिफोर्नियाको लस एन्जलस सहरमा कर्फ्यु आदेश जारी गरिएको छ।
लस एन्जलसका मेयर करेन बासले आप्रवासनविरुद्ध छापेमारीको विरोध प्रदर्शन बढ्दै गएपछि लस एन्जलसमा आंशिक कर्फ्युको घोषणा गरेकी हुन् । ‘आज राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लागु हुनेछ’ बासले भनिन् ।
सहहरभरि धेरै क्षति भएकोले यो आवश्यक भएको उनले बताइन् । सहरमा बढ्दो अशान्ति पछि जीवन बचाउन र सम्पत्तिको सुरक्षा गर्न कर्फ्यु आवश्यक उपाय भएको लस एन्जलसका प्रहरी प्रमुख जिम म्याकडोनेलले बताए ।
कसैले यस अवधिमा कर्फ्यु तोड्यो भने उसलाई पक्राउ गरिने प्रहरी प्रमुख म्याकडोनेलको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया