सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
469
Shares

काठमाडौं  ।  सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य  एक लाख ९० हजार कायम भएको छ । सोमबार सोही परिमाणको पहेँलो धातु  एक लाख ९० हजार ६०० मा खरिदबिक्री भएको थियो ।

चाँदीको मूल्यमा पनि केही फेरबदल भएको छ । आज एक तोला चाँदी  दुई हजार १५० मा कारोबार भइरहेको छ । सोमबार एक तोला चाँदी  दुई हजार १६५ मा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३१६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?