काठमाडौं ।नेपालको अग्रणी रिटेल चेन बिगमार्टले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा एक विशेष गाला नाइट आयोजना गर्दै नयाँ मोडमा प्रवेश गरेको छ। काठमाडौंको ठमेलस्थित अलोफ्ट होटलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
सोही कार्यक्रममा बिगमार्टले आफ्नो नयाँ मोबाइल एप सार्वजनिक गर्नुका साथै, चर्चित सेलिब्रिटी जोडी आयुष्मान देशराज जोशी, प्रियंका कार्की तथा तिनीहरूकी छोरी अयांका कार्की जोशीलाई ब्रान्ड एम्बासडरको रूपमा प्रस्तुत गर्यो ।
नवीन प्रविधिसँग मेल खाने गरी विकास गरिएको बिगमार्ट मोबाइल एपले क्लिक एन्ड कलेक्ट, स्टोर फाइन्डर, मूल्य तुलना, बिलिङ इतिहास तथा रिवार्ड पोइन्ट प्रणालीमार्फत किनमेल अनुभवलाई थप सहज बनाउने लक्ष्य लिएको छ।
हाल एन्ड्रोइडमा उपलब्ध एप चाँडै नै iOS मा पनि ल्याउने तयारी गरिएको छ। एप डाउनलोड गर्ने ग्राहकले पहिलो अर्डरमा विशेष छुट कुपन पनि प्राप्त गर्ने जानकारी समेत गराएको थियो ।
कार्याक्रममा बोल्दै बिगमार्टका सीईओ सश्वत ढकालले भने, ‘हामी नेपालका प्रत्येक कुना–कुनामा पुग्ने लक्ष्यमा छौं। अहिले हामीसँग १२० भन्दा बढी स्टोरहरू छन्। मोबाइल एपको माध्यमबाट हामी अझै सजिलो र छरितो सेवा दिन सक्षम हुनेछौं।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया