प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

लोकपथ
238
Shares

काठमाडौं ।  निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरू भएको प्रतिनिधिसभा बैठक आधा घण्टापछि पुनः बस्ने गरी स्थगित भएको छ । प्रतिनिधि सभाको आजको बैठक प्रारम्भ हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहितका विपक्षी सांसदहरूले आसनबाट उभिएर विरोध जनाएपछि सदन नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन ।

सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न अनुमति दिने जानकारी दिँदै आसनबाट बसेर सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे । विपक्षी दलको विरोधपछि सभामुख घिमिरेले बैठक आधा घण्टापछि बस्ने गरी स्थगन गरेको जानकारी गराए । 

विपक्षी दलले यही जेठ १३ गतेदेखि ‘भिजिए भिसा’ प्रकरणलाई लिएर सदनमा विरोध जनाउँदै आएका छन् । उनीहरूले गृहमन्त्री राजीनामा र निष्पक्ष छानबिन अघि नबढेसम्म सदनमा विरोध कायमै रहने स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?