स्थानीय तहको राजश्वको स्रोत संघले खोस्यो : उपमेयर डंगोल

लोकपथ
2.6k
Shares
फाइल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीय तहहरु अझै पनि संघ सरकारसँग निर्भर बन्नुपरेको  बताएकी छिन् । 

संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा काठमाडौंमा भएको कार्यक्रममा उनले अधिकांश स्थानीय तहको बजेट संघीय सरकारले उपलब्ध गराउने अनुदानमै निर्भर रहेको बताएकी हुन् । 

साथै उनले पालिका सरकारहरुको क्षमता बढाउन नसकिएको स्वीकार गरिन् । उनकाअनुसार स्थानीय सरकार ऐन, २०७४ ले लघु घरेलु, तथा साना उद्योग व्यवस्थापन अन्तर्गत इजाजत, दर्ता नविकरणदेखि खारेजीसम्मको अधिकार दिएको छ । तर स्थानीय सरकारले यी अधिकार पूर्ण रुपमा उपयोग गर्न नपाएको उपमेयर डंगोलले बताइन् ।

उनले विद्यालय तहको शिक्षालाई स्थानीय तहको एकल अधिकारको रुपमा दिए पनि संघीय सरकारले अधिकार खुम्चाउने तवरले नीति ल्याएको आरोप  लगाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?