बाम्का बजारका पीडितलाई क्षतिपूर्तिसहित पुनःस्थापना गर्न सांसद शाहको माग

लोकपथ
294
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाहले बाजुराकोे बाम्का बजारमा भएको आगलागी पीडितलाई पुनर्स्थापना गर्न सरकारसँग माग गरेकी छिन् ।

सोमबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहले बाम्का बजार आगलागीमा १३ पसल र २ वटा होटल पूर्णरुपमा नष्ट भएको जानकारी दिइन् । 

उनले पीडित व्यापारीलाई राहत र क्षतिपूर्तिसहित छिटोभन्दा छिटो पुनःस्थापनाको माग गरिन् । सांसद शाहले सरकारले बाजुरालाई एउटा दमकलसमेत दिन नसक्दा यति ठुलो क्षति भएको भन्दै घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने र तत्काल क्षतिपूर्तिससिहत पुनःस्थापना गर्न माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?