भारतमा कोभिड–१९ बाट एकै दिन ६ जनाको मृत्यु, धमाधम बढ्दै संक्रमित

लोकपथ
658
Shares

काठमाडौं । भारतमा सक्रिय कोभिड–१९ का संक्रमितको संख्या बढ्दै जाँदा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

भारतमा कोभिड–१९ का हाल ६ हजार १३३ सक्रिय केस रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ३७८ नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कर्नाटकमा दुई, केरलामा तीन र तमिलनाडुमा एक जनाको मृत्यु भएको हो ।

१ जनवरी २०२५ देखि अहिलेसम्म भारतमा कोभिड–१९ बाट कुल ६५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?