सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ किनबेच ?

लोकपथ
483
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ । अघिल्लो दिन प्रति तोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला एक सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने बढेको छ । आइतबार प्रतितोला दुई हजार एक सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?