काठमाडौं । कास्कीको बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरीको गोताखोरले फेला परेको छ ।
पोखरा महानगरपालिका– ३१ माझीकुनास्थित बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखाको सहिद लखन गाउँपालिका– ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ आइतबार साँझदेखि बेपत्ता थिए । उनी बेपत्ता भएको खबरपश्चात् खोजतलासको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ७ जना गोताखोरसहितको टोली परिचालन भएको थियो ।
गोताखोरसहितको टोलीले आज सोमबार बिहान १० बजे ३५ फिट गहिराइबाट बेपत्ता श्रेष्ठको शव फेला पारेको हो ।
गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले बेपत्ता श्रेष्ठको शव फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया