गायक रामकृष्ण ढकालको ‘गुराँस’ सार्वजनिक

लोकपथ
245
Shares


काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘गुराँस’ बोलको उक्त सार्वजनिक गीत गायनमा गायक ढकाललाई गायिका सञ्जीवनीले साथ दिएकी छिन् ।

विजय शिवाकोटीले लेखेको उक्त गीतमा शम्भुजीत बाँस्कोटाको संगीत सुन्न सकिन्छ । सार्वजनिक गीतको म्युजिक भिडियोमा सुनिल उप्रेती र नायिका अम्बिका तामाङले अभिनय गरेका छन् ।

नेपाली मौलिक भावनासँग जोडिएको ‘गुराँस’ गीतमा नेपालीपन, प्रकृति प्रेम र जीवनको संवेदनशीलता समेटिएको छ । गीतकार विजय शिवाकोटीले आफ्नो अनुभवी लेखनशैलीमा नेपाली सौन्दर्य, प्रकृति, भावना र प्रेम मिसाएर गीत तयार गरेका छन् । त्यही शब्दलाई संगीतकार शम्भुजीत बाँस्कोटाले गहिरो धुनमा बाँधेर प्रभावशाली बनाएका छन् ।

आफ्नो पछिल्लो गीतका बारेमा गायक ढकाल भन्छन्, ‘सबैले मन पराउनु भएको र मलाई पनि मन पर्ने भारतीय गायिका सञ्जीवनीजी अनि मेरो स्वरमा तयार भएको गीत गुराँसलाई हेरेर, सुनेर आफ्नो प्रतिक्रिया दिनुहुन पनि अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?