विपक्षीको अवरोधपछि संसद बैठक स्थगित

लोकपथ
455
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि स्थगित भएको छ। भीजीट भीसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै आएका विपक्षी दलले अवरोध गरेपछि बै‌ठक स्थगित भएको हो ।

विपक्षी दलका सांसदहरुले संसद सुरु हुने वितिकै उठेर होहल्ला गरेर संसद अवरुद्ध पारेपछि सभामुख देवराज घिमिरेले आइतबारको कार्यसूची हटाएका थियो लगत्तै उनले बैठक स्थगित गरेका हुन् ।

विपक्षी दलहरूले भीजीट भीसा प्रकरणबारे छानबिनलाई सघाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै गत १३ जेठदेखि संसद अवरुद्ध पारेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?