काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ले छिटै सदन चल्नेमा आफू आशावादी रहेको बताएका छन् ।
आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले कांग्रेस सभापति देउवासँगको भेटघाटपछि सबैमा लचकताको महसुस गरेको उल्लेख गर्दै समस्या समाधान गर्न माओवादी मात्र लचिलो भएर नहुने टिप्पणी गरे । उनले भाषामा सहमति बनेपछि छिट्टै संसद चल्ने बताए ।
उनले भने, ‘सबै लचिलो बन्नुपर्छ । समस्या समाधान गर्नको लागि माओवादी लचिलो बनेर मात्र पुग्दैन । सरकार पनि लचिलो हुनुपर्छ । तर हिजो कांग्रेस सभापतिज्यूसँग कुरा गर्दा सबैतिर लचकताको संकेत मैले देखेको छु । मलाई लाग्छ भाषामा समझदारी बनेपछि छिट्टै सदन चल्छ ।’
भीजीट भीसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न माग गर्दै प्रतिपक्षी दलहरूले निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया