काठमाडौं । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक फेरि सरेको छ । बैठक सवा ३ बजेलाई सर्यो । फेरि पनि बैठक बसेन । बरु अर्को बैठक साढे ५ बजे बस्ने गरी पुनः सरेको छ ।
‘प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको ५ः३० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ पछिल्लो पटक जारी सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया